नेभिगेशन
समाज

मोरङमा डिजे प्रयोग गर्न निषेध

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डिजेको प्रयोगमा रोक लगाएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्ज बजारमा भएको घटनापछि मोरङ प्रशासनले डिजेको प्रयोगमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय, मोरङले आज सूचना प्रकाशित गरी कुनै पनि सभा, समारोहमा डिजेको प्रयोग नगर्न भनेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ–‘कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको छ।’

Ncell
Extreme Energy

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जारी गरेको सूचनामा डिजेको प्रयोग गरिएको पाइएमा कारबाही हुने जनाइएको छ। 

सुनसरीको कप्तानगन्ज बजारमा चर्को स्वरमा डिजे बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। दुई दिनदेखि कप्तानगन्ज लगायतका आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ।

WhatsApp-Image-2026-07-28-at-13.08.08-1785228915.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै