नेभिगेशन
समाज

लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

काठमाडौँ । लघुवित्त पीडितहरूले काठमाडौँमा सामूहिक आमरण अनसन सुरु गरेका छन् ।

देशका विभिन्न भागबाट काठमाडौँ आएका पीडितहरूले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौँको माइतीघरमा सामूहिक आमरण अनशन सुरु गरेका हुन् । लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौँ परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरुको गुनासो छ ।

Ncell
Extreme Energy

पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौँमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

लघुवित्त पीडितहरुले आमरण अनशन सुरु गरिरहँदा सहकारी पीडितहरुले पनि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउँदै गएका छन् ।

ठूला बचतकर्तालाई सहकारीसँग मिल्नका लागि विभिन्न निकायबाट दबाब आएको र यसका कारण आफूहरु थप पीडामा गरेको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने उनीहरुको माग छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले छिटो भन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन् । साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिएजस्तो गरेपनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए ।

उनले समस्याग्रस्त घोषणा नगरिएका केही सहकारीले पनि बचतकर्ताको अर्बौं रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।
न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी र राष्ट्रिय शोकका कारण रोकिएका पार्टीका गतिविधि र अभियान पुनः सञ्चालन गर्ने भएको छ ।