नेभिगेशन
समाज

उत्तेजना र अफवाहको पछि नलाग्न रास्वपा सभापति रवि लामिछानेको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेका छन् । सभापति लामिछानेले आज विज्ञप्ति जारी गर्दै साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न, नगराउन आग्रह गरेका हुन् ।

सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको बताउँदै सभापति लामिछानेले यस घटना र यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले विज्ञप्तिमा भनेका छन्– ‘नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो। यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न, नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं। कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो।’

Ncell
Extreme Energy

लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्दै परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न निरन्तर छलफलमा रहेको पनि जानकारी गराएका छन् ।

उनले यस घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्– ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं।’ उनले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न पनि निर्देशन दिएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग रहेको पनि स्पष्ट पारेका छन्। सभापति लामिछानेले यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जीउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जानकारी दिँदै घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

लामिछानेले उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु सबै जनाको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।
न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी र राष्ट्रिय शोकका कारण रोकिएका पार्टीका गतिविधि र अभियान पुनः सञ्चालन गर्ने भएको छ ।