नेभिगेशन
समाज

गोपालमानको निधनबाट देशलाई नै क्षतिः गगन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनबाट पार्टी र देशकै लागि अपुरणीय क्षति पुगेको बताएका छन् ।

सभापति थापाले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्– ‘पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो समर्पित, निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति हो।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको भन्दै नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति श्रेष्ठको अविचलित भूमिका सधैं प्रेरणादायी रहने उल्लेख गरेका छन् ।

Marvel
Extreme Energy

सभापति थापाले श्रद्धाञ्जली अर्पणका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिने पनि जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...