नेभिगेशन
मुख्य समाचार

एमालेले भन्यो– सरकार सुनसरी घटनामा उदासीन र दिशाहीन देखियो

काठमाडौं । नेकपा एमालेले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत दुई दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति समाधान गर्न सरकार उदासीन र दिशाहीन देखिएको आरोप लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको एमालेको विश्लेषण छ ।

‘नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यति संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनायोग्य विषय हो । विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको  छ,’ एमाले महासचिव शंकर पोखरेल विज्ञप्तिमार्फत भनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत दुई दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर भएको दुःखद निधन तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यति संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनाको  विषय हो । विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको  छ । 
एमालेले सुनसरी घटनामा मारिएका युवा ओमप्रकाश मेहताप्रति एमालेले दुःख व्यक्त गरेको छ । घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही सरकारसँग माग गरेको छ । 

Ncell
Extreme Energy

‘राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दछ । मुलुकको राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भाव नै हाम्रो मुख्य सामर्थ्य  हो । अतः यस विषम र संवेदनशील घडीमा देवानगञ्ज र सिङ्गो सुनसरी क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा कुनै पनि प्रकारको अफवाहमा नलागी वर्षौंदेखि कायम रहँदै आएको धार्मिक, सामाजिक र जातीय सद्भाव, आपसी एकता लाई अक्षुण्ण राख्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) हार्दिक आह्वान गर्दछ,’ एमालेले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा...
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...
सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको बताएका छन् ।
सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिइएकी छिन् । उनले उपचारमा कुनै प्रकारको कमी...

भर्खरै