नेभिगेशन
समाज

गोपालमानको निधनले राष्ट्रपति मर्माहत, देउवा स्तब्ध

काठमाडौँ । राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति पौडेलले ट्विटर (एक्स)मा श्रेष्ठको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

त्यस्तै, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा देउवाले लेखेका छन्– ‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु।’

देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैं स्मरणीय रहने पनि उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।