नेभिगेशन
मुख्य समाचार

कुमार बेन भारत पुगेकोबारे भारतीय विदेश मन्त्रालयले भन्यो– जानकारी छैन

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको लागि औपचारिक रूपमा निमन्त्रणा पठाइएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको आधिकारिक जानकारी दिएका हुन् । यद्यपि, भ्रमणको मिति, समय र एजेन्डाबारे भने उनले हाललाई कुनै पनि खुलाशा गरेका छैनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीहरूले नेपालका तर्फबाट हालै भएका विभिन्न उच्चस्तरीय भेटघाट र भ्रमणहरूप्रति विशेष चासो राखेका थिए। हालै प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारत भ्रमण गरी त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको प्रसंग उठाइएको थियो। सोही भेटघाट र यो भ्रमणको सम्बन्धबारे प्रश्न गर्दा प्रवक्ता जैसवालले आफूलाई उक्त भेटघाटबारे कुनै औपचारिक जानकारी नरहेको बताए।

Ncell
Extreme Energy

त्यसैगरी, नेपालका प्रधानमन्त्रीलाई भारतले छिट्टै स्वागत गर्न लागेको हो वा होइन भन्ने बारेमा पनि उनले कुनै टिप्पणी गर्न चाहेनन्। भ्रमणको तिथि–मिति निश्चित नभए पनि निमन्त्रणा गइसकेको यो भनाइले दुई देशबीच उच्चस्तरीय कूटनीतिक संवादको तयारी भइरहेको संकेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

छलफल  लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टी समेत आमन्त्रण गरिएको छ ।
सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा...
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...
सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको बताएका छन् ।

भर्खरै