नेभिगेशन
नेताका कुरा

रविमार्फत प्रधानमन्त्रीलाई गगनका पाँच सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँचवटा सुझाव दिएका छन् ।

रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुँदै कांग्रेस सभापति थापाले सम्वादहरु बढाउन प्रधानमन्त्रीलाई सुझाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले रास्वपा सभापतिमार्फत प्रधानमन्त्री शाहलाई ती सुझावहरु दिएका हुन् । 

Ncell
Extreme Energy

थापाले पहिलोमा सुनसरी घटनापछि प्रधानमन्त्रीले अभिभावक र लिडरको रुपमा तत्कालै सर्वदलीय बैठक बोलाउनुपर्ने सुझाएका छन् । 

दोस्रोमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न सुझाएका छन् । 

तेस्रोमा प्रदेशको सरकारसँग सम्वाद गर्न सुझाएका छन् । 

चौथोमा स्थानीय सरकारसँग सम्पर्क गरेर सहकार्य गर्न भनेका छन् । 

पाँचौमा आफूले गरेका प्रयासबारे तत्कालै जनतालाई बताएर सबैबाट साझा प्रयासका लागि आधार निर्माण गर्न भनेका छन् ।

थापाले यो बेलामा स्टाटसमा सीमित नहुन, भाउ खाएर नबस्न प्रधानमन्त्रीलाई सुझाउँदै सबैलाई जोड्ने प्रयास गर्न अपिलसमेत गरेका छन् । 

बैठकपछि गगनले भने, 
सरकार कहाँ छ, के गर्दैछ ? सरकार केवल बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुँदैन । र सरकार स्टाटसमा मात्र सीमित रहनु हुँदैन । सरकार भनेको अभिभावक मात्र होइन लिडर हो । लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबरेट गर्न सक्नुपर्छ । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ । अरुले पनि विश्वास गर्नुपर्छ । यतिबेला हामीले अपेक्षा गर्ने भनेको प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपति भेट्ने हो । प्रदेशको सरकारसँग सम्वाद गर्ने हो । तल त्यत्रा स्थानीय सरकार छ, उनीहरुसँग सम्वाद गर्ने हो । तत्कालै आफूले गरेका प्रयासबारे बताउने र सँगसँगै सबैबाट साझा प्रयासका लागि आधार निर्माण गर्ने हो । भूकम्प र कोभिडको बेला राजनीतिक तनाव थियो । तर सबै कुरा छोडेर जुट्यौं । हाम्रो यो राजनीतिक कल्चर हो । सुनसरीमा जुन घटना भयो, यो राज्यको असफलताको चक्र हो । किन यस्तो भयो, छानबिन गर्छौं । प्रहरीलाई दोष दिएर हुँदैन । हामी यो बेला सरकारलाई अफ्ठेरो पार्न चाहँदैनौं । साथमै छौं । तर यस्तो बेलामा प्रधानमन्त्री भाउ खाएर बस्ने ? ठालु भएर बस्ने ? रिचआउँट गर्नुपर्दैन ? जोड्ने प्रयास गर्नुपर्दैन ? गर्नुस् भन्ने माग हो । सभापतिमार्फत प्रधानमन्त्रीसमक्ष कुरा राखेका छौं । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको निम्ति सबै पहल गर्छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै