नेभिगेशन
मुख्य समाचार

प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई अनुमोदन गरेको छ । 

समितिले मंगलबार र बुधबार दुई दिनसम्म सुनुवाइ गर्दै तीनै जनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठकाअनुसार मंगलबार दुई आयुक्तको सुनुवाइ गरिएको थियो भने बुधबार प्रमुख आयुक्तको सुनुवाइ गरिएको हो । प्रमख आयुक्तको सुनुवाइअघि उनीविरुद्ध उजुरी हालेका उजुरीकर्ता पाल्पाका भेषराज लुइँटेलसँग छलफल गरिएको थियो । लुइँटेलले कार्कीको विगतको कार्यसम्पादनका कारण राज्यलाई ५० करोडभन्दा बढी आर्थिक नोक्सानी पुर्‍याएको दाबी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गरेका थिए । उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई पनि अनुमोदन गरेको छ । 

Marvel
Extreme Energy

अब राष्ट्रपतिले नियुक्त गरेपछि आयुक्तहरूले कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।