नेभिगेशन
मुख्य समाचार

राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

राहदानी विभागले बुधबार जारी गरेको सूचनाअनुसार साउन १४ गतेदेखि २२ गतेसम्म सेवा दुई सिफ्टमा सञ्चालन गरिनेछ । पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । दोस्रो सिफ्ट भने दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिनेछ ।

Ncell
Extreme Energy

त्यसैगरी, शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागको सूचनामा उल्लेख छ ।

ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चापसमेत बढेको हो । दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक सातादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ ।

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्दै समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालनको व्यवस्था गरिएको विभागले जनाएको छ ।

नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन विभाग पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत सूचनामार्फत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले बनायो सचिवालय, कोको परे?

रास्वपाले बनायो सचिवालय, कोको परे?

सचिवालयमा पार्टी सभापतिसहित ७ जना छन् । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।
सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख...
प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...