नेभिगेशन
मुख्य समाचार

यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय

नौ विधेयक संसदमा लैजानेदेखि सहकारी र प्राविधिक शिक्षा सम्बन्धी निर्णयसम्म

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिनेदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई थप अनुसन्धान अधिकार दिने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा सदस्य मनोनयन गर्ने तथा प्राविधिक शिक्षा सम्बन्धी नियमावली स्वीकृत गर्ने लगायत पाँच प्रमुख निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले पहिलो निर्णयअन्तर्गत विभिन्न क्षेत्रसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिएको छ। स्वीकृत भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी ऐन संशोधन, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनको संशोधन तथा एकीकरण, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन संशोधन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन, बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन संशोधन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधन सम्बन्धी विधेयक रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोस्रो निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरिएको छ। यसबाट विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान प्रक्रिया थप प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ।

Marvel
Extreme Energy

तेस्रो निर्णयअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रशासनिक विषयमा आवश्यक निर्णय गरिएको सरकारका प्रवक्ताले जनाएका छन्।

चौथो निर्णयअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय गरिएको छ।

त्यसैगरी पाँचौं निर्णयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।