नेभिगेशन
मुख्य समाचार

चिकित्सक आन्दोलनप्रति एमालेको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको निधनपछि उत्पन्न परिस्थिति र त्यसलगत्तै चिकित्सकहरूमाथि भएको भौतिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै एमालेले उक्त घटनाविरुद्ध चिकित्सकहरूले ओपीडी सेवा ठप्प पार्दा नागरिकहरू स्वास्थ्य सेवा पाउने मौलिक अधिकारबाट वञ्चित भएको र यस्तो संवेदनशील परिस्थितिमा पनि सरकार पूर्ण रूपमा मूकदर्शक बनेको आरोप लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेसागत एवम् शारीरिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न, कार्यस्थलमा भयमुक्त वातावरण बनाउन र आन्दोलनरत पक्षसँग तत्काल सार्थक वार्ता गरी अवरुद्ध अस्पताल सेवाहरू सञ्चालन गराउन सरकारसँग माग गरेको छ । साथै, स्वास्थ्यकर्मीहरूको बढ्दो विदेश पलायन रोक्न दीर्घकालीन नीति ल्याउन जोड दिँदै एमालेले वैकल्पिक स्वरूपका आन्दोलन अपनाएर अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालनमा राखिदिन चिकित्सकहरूसँग समेत आग्रह गरेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले बनायो सचिवालय, कोको परे?

रास्वपाले बनायो सचिवालय, कोको परे?

सचिवालयमा पार्टी सभापतिसहित ७ जना छन् । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।
सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख...
प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...