नेभिगेशन
नेताका कुरा

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको बैठकले सुनसरी लगायतका जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनुहुने नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले पार्टीको वडा तहदेखि केन्द्रसम्म भएको प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए । उनले लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी–कमजोरीहरूलाई निसङ्कोच स्वीकार गर्दै, ती अनुभवहरूबाट पाठ सिकेर सिङ्गो पार्टी पङ्क्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत अध्ययन गर्ने निर्णय गरिएको बताएका छन् ।

Ncell
Extreme Energy

तेस्रो निर्णयमा पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरिएको उनले बताएका छन् । उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरु उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह–महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेको आचार्यले बताए ।

चौथो निर्णयमा वरिष्ठ नेतामा बालेन शाहलाई मनोनीत गरेको छ । पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनित गरिएको छ आचार्यले बताए ।

आगामी श्रावण १८ गते साँझ ५ बजेसम्म केन्द्रीय समिति सदस्यहरूबाट प्राप्त हुने संशोधन सुझावहरूलाई समेट्ने गरी कार्यविधि र दस्तावेजहरु पारित गरिएको आचार्यको भनाइ छ । जसमा बैठक सञ्चालन कार्यविधि, २०८३, सदस्यता सम्बन्धी कार्यविधि, २०८३, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट, २०८३, विभाग सम्बन्धी कार्यविधि, २०८३ छन् ।

छैटौ निर्णयमा विभागीय नेतृत्व छनोटमा कार्ययोजना माग गरेको उनले बताए । जसअन्तर्गत विभागको नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबाट आफूले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिने कार्ययोजना माग गरिएको उनले बताए ।

सातौं निर्णयमा मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्ने निर्णय भएको छ । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरिएको आचार्यको भनाइ छ ।

आठौं निर्णयमा क्यान्डिडेट क्लब घोषणा छ । आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा  आगामी भदौ १ गतेदेखि क्यान्डिडेट क्लब का लागि  आवेदन खुल्ला गर्ने निर्णय गरिएको उनले बताए ।

नवौं निर्णयमा. अन्तर्राष्ट्रिय युवा दिवस मनाउने छ ।

पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा भव्यताका साथ मनाउने निर्णय गरेको उनले बताए । यस कार्यक्रमको आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य एवं पार्टीका पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रदान गरिएको पनि उनले बताए ।

दसौं निर्णयमा नागरिकका समस्या र गुनासोलाई प्रत्यक्ष रूपमा सुन्न र समाधानका लागि आवश्यक सहजीकरण गर्न हरेक तहका पार्टी कार्यालयहरूमा अनिवार्य उपस्थिति रहने संयन्त्र निर्माण गर्ने निर्देश गरिएको छ । जसअनुसार पहिलो चरणमा नागरिकको सेवाका लागि केन्द्रीय कार्यालयमा हरेक दिन दुईजना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुईजना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एकजना जिल्ला समिति सदस्यको उपस्थिति अनिवार्य गरिएको महामन्त्री आचार्यले बताए ।

यस्तै एघारौं निर्णयमा सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै, पार्टीको हरेक तह र तप्कामा रहेका सदस्यहरूलाई आत्महत्या र आत्मदाह जस्ता अत्यन्तै दुःखद घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देशन जारी आचार्यले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।