नेभिगेशन
मुख्य समाचार

यी ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । यद्यपि हाल मनसुनको न्यून चापीय रेखा भने सरदर स्थान (भारततर्फ) को आसपासमा नै रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बिहीबार कोशीका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा जिल्ला आसपासका नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको छ । बागमतीको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ आसपासका जिल्लामा मध्यम बाढीको जोखिम छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गण्डकीको गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, कर्णालीको हुम्ला, सुदूपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले बताएको छ ।

Ncell
Extreme Energy

शुक्रबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाले बताएको छ ।

मौसमविद विनोद पोखरेलले मनसुनको न्यून चापीय रेखा नेपालबाट टाढा रहेकोले काठमाडौंलगायत पहाडी भेगमा वर्षा हुँदा पनि तराईको धेरै ठाउँ सुख्खा रहेको बताएका छन् । उनले न्यून चापीय रेखा अर्को हप्ता नेपालनजिक आउने र नेपालभरि वर्षा हुने बताएका छन् । अर्को हप्ता केही स्थानमा भारी वर्षा हुने सम्भावना  छ।

पहाडी भेगमा हुने वर्षा भने यो हप्ता दैनिक जारी रहने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने ?

एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा नदिने ?

नेकपा (एमाले)ले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीले लिनुपर्ने भन्दै राजीनामाको विषय उठाएको छ ।
सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै देश सञ्चालन गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट अलग हुन...
संसदमा के हुँदै छ ? (लाइभ)

संसदमा के हुँदै छ ? (लाइभ)

बैठकमा कांग्रेसकी बासना थापा, एमालेकी पद्‍मा अर्याल लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन्।  आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज...
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुँदै

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुँदै

समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्।