नेभिगेशन
मुख्य समाचार

सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

काठमाडौं । सुनसरी घटनालाई लिएर विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको सक्रियता खोज्दै ‘सरकार कहाँ छ ?’ भन्ने प्रश्न उठाएका छन् ।

विपक्षीबाट उठेका यस्ता प्रश्नको जवाफ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले संसद्भित्रै दिएका छन् । उनले सरकार घटनाप्रति निष्क्रिय नभई प्रभावित नागरिकको उपचार र साम्प्रदायिक सद्भाव कायम राख्न सक्रिय रहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कता कता सुनियो, सरकार कहाँ छ ?’ भन्दै उनले भने, ‘सभामुख महोदयमार्फत म जानकारी गराउन चाहन्छु, । सरकार उपचारमा तल्लिन छ । सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई आग्रह गरिरहेको छ ।’

Ncell
Extreme Energy

न्यौपानेले सरकारको ध्यानाकर्षण गराउने मात्र नभई विपक्षी दलका सांसदहरूले पनि साम्प्रदायिक सद्भाव कायम राख्न र हिंसा हुन नदिन सकारात्मक भूमिका खेल्नुपर्ने बताए । यसतर्फ विपक्षीको पनि ध्यान जानुपर्ने उनको आग्रह थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले पेश गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।
सुनसरी र सिरहापछि धनुषामा पनि कर्फ्यु

सुनसरी र सिरहापछि धनुषामा पनि कर्फ्यु

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव– संसद्‍मै स्पष्टीकरण दिनुस्, संवाद बढाउनुस्

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव– संसद्‍मै स्पष्टीकरण दिनुस्, संवाद बढाउनुस्

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उठेका विवादबारे स्पष्टीकरण दिन र प्रतिपक्षीसँग संवाद बढाउन आग्रह गरेका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्ले के गर्यो निर्णय ?

राष्ट्रिय सुरक्षा परिषद्ले के गर्यो निर्णय ?

राष्ट्रिय सुरक्षा परिषदले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ...