नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव– संसद्‍मै स्पष्टीकरण दिनुस्, संवाद बढाउनुस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उठेका विवादबारे स्पष्टीकरण दिन र प्रतिपक्षीसँग संवाद बढाउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीका केही अभिव्यक्तिका कारण असहज अवस्था बनेको भन्दै लोकतान्त्रिक अभ्यासअनुसार संसदमै स्पष्ट पार्नुपर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘असहज बनाउने अभिव्यक्ति भए प्रधानमन्त्रीले संसदमै स्पष्टीकरण दिनुपर्छ,’ उनले भने ।

Ncell
Extreme Energy

प्रचण्डले स्पष्टीकरण दिनुले प्रधानमन्त्रीको कद घट्ने नभई झन् बढ्ने जिकिर गरे । प्रतिपक्षीसँग संवाद गर्नु पनि लोकतान्त्रिक संस्कृतिको हिस्सा भएको उनको भनाइ थियो ।

उनले जेठ १७ गते संसदमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै त्यसबारे उठेका प्रश्नको जवाफ दिन आग्रह गरे ।

प्रचण्डले देशलाई सही दिशामा लैजाने जिम्मेवारी सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै काँधमा रहेको बताए ।

‘देशलाई कता लैजाने भन्ने जिम्मेवारी सरकारकै हातमा छ,’ उनले भने ।

उनले प्रधानमन्त्रीले अनुभवी राजनीतिक नेतृत्व, विज्ञ र बुद्धिजीवीसँग पनि संवाद गर्नुपर्ने धारणा राखे । विगतका अनुभवबाट सिक्ने र सहकार्य गर्ने अवसर हुँदाहुँदै त्यसबाट टाढा रहनु उचित नहुने उनको भनाइ थियो ।

‘अनुभवी व्यक्तिहरूसँग संवाद गर्न के ले रोकेको हो ?’ उनले प्रश्न गरे ।

प्रचण्डले आफूलाई समेत बोलाएर भ्रष्टाचारविरुद्धको अभियानका अनुभवबारे छलफल गर्न सकिने उल्लेख गर्दै अहंकारका कारण संवादबाट टाढा बस्नु दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सभापति रवि लामिछानेले छलफलमा बोलाए कोशी र मधेस प्रदेशका सांसद

सभापति रवि लामिछानेले छलफलमा बोलाए कोशी र मधेस प्रदेशका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलमा बोलाएका छन् ।
सुनसरी घटनापछि उत्पन्न अवस्थाप्रति पूर्वराजा चिन्तित, सद्भाव कायम गर्न अपिल

सुनसरी घटनापछि उत्पन्न अवस्थाप्रति पूर्वराजा चिन्तित, सद्भाव कायम गर्न अपिल

संवाद सचिवालयमार्फत जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो...
सिराहामा गोली लागेर गणेश यादवको मृत्यु

सिराहामा गोली लागेर गणेश यादवको मृत्यु

सिराहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले पेश गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।