नेभिगेशन
मुख्य समाचार

सुनसरी जाँदै गृहमन्त्री सुधन गुरूङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर गृहमन्त्री गुरूङ सुनसरी हिँडेका छन् । गृहमन्त्री गुरूङ केहीबेरअघि प्रधानमन्त्री कार्यालयबाट छलफल गरे निस्किएको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

गृहमन्त्री गुरूङसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसदहरू पनि गएको बजगाईंले बताए । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरीलगायत देशका विभिन्न भागमा तनाब बढेपछि गृहमन्त्री गुरूङ निरीक्षणका लागि जान लागेका हुन् । हालसम्म प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भइसकेको छ । सुनसरी, सिराहा, धनुषामा कर्फ्युका बीच प्रदर्शन जारी छ ।

Ncell
Extreme Energy

मन्त्री गुरूङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...