नेभिगेशन
सबै कुरा

‘बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या’

गोरखा, ४ माघ स् गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रक्तअल्पता देखिएकामध्ये  केही बालबालिकामा कडाखालको रक्तअल्पता देखिएको छ । ‘‘रगत जाँच गरिएकामध्ये करिब २८ दशमलव ४८ प्रतिशतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ”, उनले भने, “ परीक्षण गरिएका १४ जना बालिका र दुईजना बालकमा कडा खालको रक्तअल्पता देखिएको छ । शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा हुन्छ । ” उनका अनुसार जाँच गरिएकामध्ये पाँच सय २५ बालबालिकामा हेमोग्लोबिनको मात्रा १० देखि १२ जीरडीएल रहेको पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा नौ जी÷डीएलभन्दा कम रहेको पाइएको छ ।

Ncell
Extreme Energy

हेमोग्लोबिनको मात्रा पुरुषमा १३ दशमलव पाँच  जी÷डीएल  र महिलामा १२ जीरडीएलभन्दा कम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ ।

हेमोग्लोबिनको मात्रा नौ जी÷डीएलभन्दा कम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । “हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्न सक्छ”, स्वास्थ्य शाखा अधिकृत भट्टले भने, “हमोग्लाबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समस्या हुन सक्छ ।”

गाउँपालिका स्वास्थ्य शाखाले स्थानीयस्तरमा रहेका ल्याबसँग समन्वय गरी मङ्सिर २८ बाट पुस ४ गतेसम्म पालिकाभित्रका सबै विद्यालयका बालबालिकाको हेमोग्लोबिन र रक्त सञ्चार ग्रुपको परीक्षण गरेको थियो । पोषणयुक्त खानेकुराभन्दा बाहिरबाट आयात गरिएका जङ्कफुडको प्रयोगका कारण धेरैजसो बालबालिकामा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्ट बताउँछन् । “गाउँपालिकाभित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यवस्तु बेचेर चाउचाउ खाने बानीको विकास भयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ”, उनले भने । 

 “सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु बालबालिकामा पोषणको अवस्था कमजोर भन्ने पत्ता लगाउनु हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्न सजिलो हुन्छ ।” उनले भने । 

पालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अबदेखि किशोरीका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपन्न वर्गको उपचारका लागि सुरु गरियो स्वास्थ्य पोर्टल,  १२ सयभन्दा बढीले पाए निशुल्क स्वास्थ्य उपचार

विपन्न वर्गको उपचारका लागि सुरु गरियो स्वास्थ्य पोर्टल, १२ सयभन्दा बढीले पाए निशुल्क स्वास्थ्य उपचार

स्वास्थ्य तथा  खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानूनले बिपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निःशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताइन्। उनले भनिन्, “यसो...
आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण...
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव,  केमोथेरापी नै प्रभावित

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई...
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको...