नेभिगेशन
नेताका कुरा

धर्मको नाममा हुने समस्यालाई जरादेखि समाधान गर्छौं : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले धर्मको नाममा हुने समस्यालाई जरादेखि नै समाधान गरिने बताएका छन् । 

सुनसरीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले धर्मका नाममा यो तहको द्वन्द्वको सिर्जना यसअघि कहिले नभएको भन्दै राज्य संयन्त्रले सुक्ष्म अनुसन्धान गरिरहेको र जरोसम्म पुगेर दिर्घकालीन समाधान खोजिने बताए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'नेपालमा धर्मको नाममा कहिले पनि द्वन्द्व भएको छैन । अब पनि हुनुहुँदैन । यसअघि यो तहको द्वन्द्व सिर्जना भएको थिएन । भएका घटनाको पनि यसअघि निष्पक्ष छानबिन भएको थिएन । अहिले आशा छ नागरिकको । हाम्रो तर्फबाट नागरिकलाई निराश बनाउँदैनौं । यसलाई जरादेखि समाधान गर्नुपर्नेछ । त्यसमा हामी काम गरिरहेका छौं,' उनले भने । 

Ncell
Extreme Energy

गृहमन्त्री गुरुङले सुनसरीमा शान्ति सुरक्षा कायम गर्न दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको, प्रहरी, सशस्त्र र नेपाली सेना खटिएको बताए ।

उनले आफू पहिलो दिनदेखि नै शान्ति सुरक्षा कायम गराउन सक्रिय भएको बताए । घटनालगत्तै छानबिन समिति बनाएर पठाएको, प्रश्न उठेपछि समितिमा हेरफेर गरेको र सदस्य थपेर पठाएको, घाइतेको उपचारका लागि स्वास्थ्यमन्त्री खटाएको उल्लेख गर्दै मन्त्री गुरुङले निष्पक्ष छानबिन हुने बताए । छानबिनबाट दोषीमाथि कडा कारवाही हुने र घटना दोहरिन नदिन सबै प्रकारको रणनीति अपनाइने उनले बताए । 

मन्त्री गुरुङले सुनसरी घटनालाई गम्भीरतापूर्वक लिएर समाधान गर्न लागेको र रणनीति बनाउनुपर्ने भएकाले केही ढिलोगरी निरीक्षणमा आएको बताए । 'अर्को ठाउँमा चर्किएला भनेर पूर्वतयारीमा भएकाले घटना हुने वितिकै आउन पाइएन । रणनीति बनाउनुपर्यो । योजना बनाउनुपर्यो । सुरक्षा प्रमुखसँग बसेर प्रधानमन्त्रीसँग बसेर रणनीति बनाउँदा ढिलो भयो,' उनले भने । 

मन्त्री गुरुङले अनाधिकृत मदरसालाई राज्यको नियमन भित्र ल्याएर निगरानी गरिने बताए । 

मन्त्री गुरुङले सुरक्षा संयन्त्रलाई दरो र जवाफदेही बनाउन प्रतिबद्ध रहेको र अब योजना बनाउने पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त

एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त

नेकपा एमालेबाट निर्वाचित मेयरसहित चार वडाध्यक्षको पद भयो रिक्त भएको छ
मधेसवादी दल तथा नेताहरूसँग प्रधानमन्त्री बालेनले थाले छलफल

मधेसवादी दल तथा नेताहरूसँग प्रधानमन्त्री बालेनले थाले छलफल

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेसवादी दलका नेताहरूसँग बैठक सुरु भएको छ।
पुस्तौँदेखि जोगाउँदै आएको सामाजिक सद्भावलाई कमजोर हुन नदिऊँ– विद्या भण्डारी

पुस्तौँदेखि जोगाउँदै आएको सामाजिक सद्भावलाई कमजोर हुन नदिऊँ– विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनयता सुनसरी जिल्लालगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले सामाजिक सद्भाव...
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।