नेभिगेशन
मुख्य समाचार

पुस्तौँदेखि जोगाउँदै आएको सामाजिक सद्भावलाई कमजोर हुन नदिऊँ– विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनयता सुनसरी जिल्लालगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले सामाजिक सद्भाव बिथोलिन नदिन सबैलाई आग्रह गरेकी छन् ।

‘केही दिनयता सुनसरी जिल्लालगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त घटनामा दुईजनाले ज्यान गुमाउनु परेको तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले मलाई अत्यन्त दुःखी बनाएको छ। घटनामा परी दिवङ्गत हुनुभएका दुवैजनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ उनले भनेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उनले विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका समुदायहरू शताब्दीयौंदेखि आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वका साथ बसोबास गर्दै आएका बताएकी छन् । 

Ncell
Extreme Energy

‘विविधताबीचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपाली समाजको गौरव मात्र होइन, राष्ट्रिय शक्तिको महत्वपूर्ण आधार पनि हो । हाम्रा पुर्खाले निर्माण गरी पुस्तौँदेखि जोगाउँदै आएको यस अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिनु हुँदैन । वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन हार्दिक आग्रह गर्दछु । कुनै एक घटनालाई आधार बनाएर कुनै पनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु हाम्रो राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन सक्दैन,’ उनले भनिन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उनको भनाइ छ ।

त्यति नै महत्त्वपूर्ण रूपमा एकअर्काको आस्था, संस्कृति र अधिकारप्रति सम्मान प्रकट गर्नु हामी सबैको साझा दायित्व भएको उनले स्मरण गराएकी छन् । 

‘कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादको माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुन्छ । नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकहरूको विश्वास पुनःस्थापित गर्न आवश्यक सबै कदम चाल्न आग्रह गर्दछु। यसै सन्दर्भमा, विभिन्न राजनीतिक दलहरूले केन्द्रीय तहमा काठमाडौँमा तथा कोशी प्रदेश सरकारको पहलमा प्रदेशस्तरमा सामाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्ष सक्रिय हुनुपर्ने निष्कर्ष निकालेकोमा त्यसको स्वागत गर्दछु । उक्त प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष थप जिम्मेवार र सक्रिय हुनेछन् भन्ने अपेक्षा गर्दछु । साथै, सबै समुदायलाई संयम, संवाद र आपसी विश्वास कायम राख्न हार्दिक आह्वान गर्दछु,’ उनले भनेकी छन् ।
यस दुःखद् घडीमा सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण तथा प्रवद्र्धनका लागि आ–आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न उनले आह्वान गरेकी छन् ।

प्रेस-विज्ञप्ती-२०८३-श्रावण-१४-गते-(1)_page-0001-(1)-1785474523.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिले सानेपा पुगेर दिए गोपालमानलाई श्रद्धाञ्जली

राष्ट्रपतिले सानेपा पुगेर दिए गोपालमानलाई श्रद्धाञ्जली

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
पाकिस्तानको ब्रड पिकमा ४ जनाको शव भेटियो, पहिचान खुल्न बाँकी

पाकिस्तानको ब्रड पिकमा ४ जनाको शव भेटियो, पहिचान खुल्न बाँकी

‘अहिलेसम्म चार वटा शव फेला परेका छन्, यद्यपि उनीहरूको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ । हेलिकोप्टर तथा अन्य उद्धार टोलीहरूले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।...