नेभिगेशन
समाज

पाकिस्तानको ब्रड पिकमा ४ जनाको शव भेटियो, पहिचान खुल्न बाँकी

काठमाडौँ । पाकिस्तानको ब्रड पिकको हिमपहिरोमा ४ जनाको शव फेला परेको छ । यद्यपी उक्त शवहरुको पहिचान भने नखुलेको पर्यटनमन्त्री गनेस पौडेलले जानकारी दिए । 

‘अहिलेसम्म चार वटा शव फेला परेका छन्, यद्यपि उनीहरूको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ । हेलिकोप्टर तथा अन्य उद्धार टोलीहरूले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। अझै सम्पर्कविहीन रहेका सबैको सुरक्षित उद्धार हुने र सकारात्मक खबर सुन्न पाइने आशा राखेका छौँ ।’ पर्यटनमन्त्री पौडेलले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राममार्फत  उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको जानकारी दिएका छन् । 

Ncell
Extreme Energy

८,०४७ मिटर अग्लो उक्त हिमाल आरोहण गर्न गएका विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा सहित बेपत्ता भएका छन् । 

उक्त हिमपहिरोमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ, (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ओमानका नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चिनका 
वाङ जोङ र अमेरिकाका मेलोरी गिस बेपत्ता छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।