नेभिगेशन
समाज

प्रधानमन्त्रीसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरु आशावादी

काठमाडौँ । कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको हिंसा र अशान्ति हट्नेमा मधेशकेन्द्रित दलका नेताहरु आशावादी देखिएका छन् ।

प्रधानमन्त्री बालेन शाहसँगको छलफलपछि मधेशकेन्द्रित दलका नेताहरु जारी अशान्ति छिट्टै अन्त्य हुने र फेरि यस्तो अशान्ति नदोहोरिनेमा आशावादी देखिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीसँगको छलफलपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले भने– हामी आशावादी छौं, अब पक्कै पनि यस्तो अवस्था आउने छैन ।

Ncell
Extreme Energy

उनले सरकारलाई आफूहरुले केही सुझाव दिएको र ती सुझाव सरकारले कार्यान्वयन गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री बालेनले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम कुमार शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायत नेताहरुसँग छलफल गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...