नेभिगेशन
मुख्य समाचार

रेडक्रसमा हरेक तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र अध्यक्ष उठ्न पाउने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको संशोधित विधानले तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र उठ्न पाउने गरी विधान संशोधन गरेको छ ।

विधान कार्यान्वयनमा आएसँगै संघीय समितिमा तेस्रो कार्यकालमा महिलाले मात्र अध्यक्षको उम्मेदवार हुन पाउने व्यवस्था राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश र पालिकाहरुमा अबको निर्वाचनबाटै महिलालाई अध्यक्ष बनाउने गरी विधानको कार्यान्वयन हुन लागेको हो ।

Ncell
Extreme Energy

प्रदेशको नामको वर्णानुक्रम अनुसार यसै वर्षबाट चार वटा प्रदेशमा महिला उम्मेदवार हुनेछन् भने अन्य तीन प्रदेशमा खुला प्रतिस्पर्धा हुनेछ । पालिकाको हकमा जिल्लाका ५० प्रतिशतमा पालिकामा पहिलो वर्णानुक्रम अनुसारका महिलाले मात्र उम्मेदवारी दिन पाउने र अन्यमा खुला प्रतिस्पर्धा हुने गरी विधान बनाइएको छ ।

रेडक्रसको विधानले हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गरिएको छ । नेपाल रेडक्रसको इतिहाँसमा अहिले पनि पालिका, जिल्ला, प्रदेश र संघीय संरचनाको नेतृत्वमा महिलाहरुको संख्या नगन्य मात्र रहेकाले यो व्यवस्था राखिएको रेडक्रस अध्यक्ष डा विशालकुमार भण्डारीले बताए ।

‘नेपाल रेडक्रसको विधान सामाजिक रुपान्तरण एवं महिला सहभागिताको हिसाबले यो विधान ऐतिहाँसिक छ । गाउँ गाउँमा महिला दिदि बहिनीको संख्या ठूलो छ । मानवीय सेवामा महिलालाई समाहित गर्ने उद्देश्यले नयाँ ढंगले विधान बनाइएको हो । रेडक्रस अभियानमा लाग्ने महिलाहरुले अब रेडक्रसको नेतृत्व गर्ने अवसर सिर्जना भएको छ ।
विधानले पालिका, प्रदेश र केन्द्रको उपाध्यक्षमा महिला मात्र उठ्न पाउने पुरानो प्रावधानलाई यथावत् राखेको छ । यस्तै हरेक संरचनामा युवा महिलाको सहभागिता पनि सुनिश्चित गरेको जनाइएको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार उनीहरुलाई निश्चित जिम्मेवारी तोकिएको छ । केन्द्रबाट खटाइएका उच्च अधिकृतहरुले सुरक्षा व्यवस्थापनसँगै समन्वयको कामसमेत गर्ने छन् ।