नेभिगेशन
समाज

धर्म गुरुहरुको संयुक्त अपिल– सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहोऔंँ

काठमाडौँ । हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव खलबल्याउने कुनै पनि कार्यमा संलग्न नहुन आग्रह गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि दुवै धर्मका अगुवाहरुले संयुक्त अपिल जारी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त अपिलमा भनिएको छ– ‘विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौं।’

Ncell
Extreme Energy

विश्व हिन्दु महासंघ नेपालका रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका राजुराज फुँयाल र अल सलाम सोसाइटीका मौलाना नजरुल हसन फलाहीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । 
उनीहरुले सुनसरी देवानगञ्जसहित सुनसरी, सिरहा तथा मधेस प्रदेशका विभिन्न जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं’ अपिलमा भनिएको छ ।

अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

‘सबै धर्मको भाव मानव कल्याण, सहिष्णुता अभिबृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु हो। कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनिच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो’ अपिलमा भनिएको छ– ‘सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुयाँउन भइरहेका विभिन्न क्रियाकलापहरुप्रति सचेत रहन अपिल गर्दै हामी स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन अपिल गर्दछौं।’

धार्मिक अगुवाहरुले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान पनि गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...