नेभिगेशन
मुख्य समाचार

निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको शव उद्धार अभियान जारी रहेको छ । उद्धारमा खटिएको ग्राउन्ड टिमले दिवंगत आरोहीहरूलाई पहिलो चरणमा क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ ।

उद्धार अभियानमा संलग्न टोलीका अनुसार आइतबार शवहरू हालको स्थानबाट क्याम्प–१ सम्म ल्याइनेछ । त्यसपछि सोमबार जापानी क्याम्पसम्म झार्ने योजना रहेको छ । मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई थप सुरक्षित स्थानमा सार्ने सम्भावना रहेको बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टोलीले उद्धार अभियानको मुख्य उद्देश्य दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने रहेको जनाएको छ। साथै अभियानमा संलग्न सम्पूर्ण उद्धारकर्मीको सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गर्दै हरेक निर्णय टोलीको सुरक्षालाई केन्द्रमा राखेर लिइएको जनाएको छ ।

Ncell
Extreme Energy

उद्धार अभियानका क्रममा नेपाल सरकार, पाकिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, नेपालस्थित पाकिस्तानी दूतावास, पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै अभियान सफल बनाउन निरन्तर सहयोग, विश्वास र प्रार्थनाको आवश्यकता रहेको पनि टोलीले जनाएको छ ।

गत बिहीबार (१४ साउन) ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोमा कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोही बेपत्ता भएका थिए । बेपत्तामध्ये ६ जना नेपाली थिए । निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार भएको हो । पुर्जा उक्त आरोहण टोलीका नेता थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ । स्थानीय प्रशासन ऐन,...
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार...