नेभिगेशन
मुख्य समाचार

परराष्ट्र मन्त्रालयद्वारा ब्रोड पीक दुर्घटनामा निधन भएका आरोहीप्रति श्रद्धाञ्जलि

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी निधन भएका नेपाली आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार २०८३ साउन १४ (३० जुलाई २०२६) मा ब्रोड पीकको क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा करिब ६,६०० मिटर उचाइमा गएको हिमपहिरोमा परी प्रख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेको अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले उक्त दुर्घटनाले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।

Ncell
Extreme Energy

विज्ञप्तिअनुसार नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए। उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहसिक प्रयासको मन्त्रालयले प्रशंसा गरेको छ।

हालसम्म दुर्घटनामा परेका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव फेला परिसकेको मन्त्रालयले जनाएको छ। अन्य आरोहीहरूको खोजी कार्य निरन्तर जारी रहेको तथा शव स्वदेश फिर्ता ल्याउन नेपालस्थित सम्बन्धित निकाय र इस्लामाबादस्थित नेपाली राजदूतावासबाट आवश्यक सहजीकरण भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

सरकारले ग्यासको अभाव नरहेको बताए पनि उपभोक्ताले भने सहजरुपमा पाएका छैनन् ।
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ । स्थानीय प्रशासन ऐन,...