नेभिगेशन
समाज

कांग्रेसले किन बोलायो केन्द्रीय समिति बैठक ?

काठमाडौँ । नेपाली नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने भएको छ । कांग्रेसले साउन २४ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो ।

पार्टी कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ( उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपरस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि साउन १३ गते केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । नेता गोपालमान श्रेष्ठको निधन भएपछि बसेको उक्त बैठकले श्रेष्ठलाई दिइएको वरिष्ठ नेताको सम्मान अनुमोदन गरेको थियो ।

Ncell
Extreme Energy

कांग्रेसका एक नेताका अनुसार, श्रेष्ठको निधन नभएको भए नियमित बैठक नै १३ गते बोलाउने तयारी थियो । १३ गते बसेको आकस्मिक बैठकले गोपालमानको विषयमा बाहेक अन्य निर्णय गरेन ।

साउन २४ गते केन्द्रीय समितिको बैठक बस्ने भनिए पनि एजेन्डा खुलाइएको छैन । केही दिनभित्रै कार्य सम्पादन समिति वा पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने तयारी छ ।

कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया आगामी महिनाको पहिलो हप्ताबाट सुरु हुँदै छ । महाधिवेशन प्रक्रिया सुरु हुनै लाग्दा कांग्रेस भने विभाजनको संघारमा छ।

कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ मा सुरु हुने गरी राष्ट्रिय भेलाको घोषणा गरेको छ भने पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजक समिति गठन गरेको छ।

सहमति र पार्टी एकताका लागि इतर पक्षले ५ बुँदे प्रस्ताव सार्वजनिक गरे पनि संस्थापन पक्षले जवाफ दिएको छैन। केन्द्रीय समिति बैठकबाटै इतर पक्षलाई जवाफ दिने तयारी रहेको एक नेताले बताए ।

इतर पक्षले राखेका ५ प्रस्तावमध्ये विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई समायोजन गर्ने र क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्नेमा सहमति जुट्न सकेको छैन।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २४ गते नै स्वदेश फर्किने जनाइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...