नेभिगेशन
मुख्य समाचार

हात्तीको आक्रमणबाट १६ वर्षमा गयो ८० जनाको ज्यान

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्व वर्षेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यही अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती पनि मारिएका छन्।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ गतेदेखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। यस आधारमा झापामा औसतमा प्रत्येक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो। उक्त वर्ष तीन महिलासहित आठ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने छ जनाले ज्यान गुमाएका छन्। मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइएको यादवले बताए।

Ncell
Extreme Energy

अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार तथा २०८२ र २०८३ को हालसम्म छ जनाको मृत्यु भइसकेको छ। २०६७ यता हात्तीको आक्रमणबाट १० गैरनेपालीको पनि ज्यान गएको उनले बताए।

मानिस मात्र होइन, मानव–हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको छ। कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन्। तीमध्ये सबैभन्दा धेरै २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका थिए।

यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु र परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन्। द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी तथा उद्धारका गतिविधि सञ्चालन भइरहेको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।
१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

१४ पसल जलेर नष्ट भएको गोठाटारको आगलागी (तस्बिरहरू)

काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्।
कल बाइसपासमा संलग्न चार जना परे पक्राउ

कल बाइसपासमा संलग्न चार जना परे पक्राउ

अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् ।