नेभिगेशन
सबै कुरा
प्रधानमन्त्री कप :

मधेश प्रदेशले कर्णालीलाई ६१ रनले हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दा १ सय ७० रनमा समेटियो । कणालीका लागि अर्जुन घर्तिले अधशतकिय पारी खेल्दै ५८ रन बनाए । मधेशका राजेश यादवले तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए । कर्णालीका दीपेन्द्र रावतले ४ विकेट लिए । ५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।