नेभिगेशन
सबै कुरा

ललित सार्की: घरमै पढेर एमबिबिएसका लागि पूर्ण छात्रवृत्तिमै नाम निकाले, पढ्न काठमाडौँ आउने पैसा भएन

महेन्द्रनगर । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् ।  चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण एमबिबिएस कक्षामा सहभागी हुन पाएनन् । बरु उनले घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् । “बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ”, ललितले भने, “हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ ।”

Ncell
Extreme Energy

गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयबाट २०७८ सालमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका छन् । “रेडियन्ट पढ्दा पनि आंशिक छात्रवृत्ति र दामोदर सुवेदी सरको आर्थिक सहयोगमा अध्ययन गरेँ ।” उनले भने,“गत साउनदेखि घरमै बसेर तयारी गरेर अहिले एमबिबिएसमा नाम निकाले ।”

यही माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने ललितले काठमाडौँ बसाईका लागि आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेका छन् । “पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक दश हजार जति जोहो गर्न पाए हुन्थ्यो”, उनले भने, “दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ ।”

उनले रकम अभावकै कारण एमबिबिएसको तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गराए । “परीक्षाका बेला मात्रै साथीकोमा तीन दिन बसेर काठमाडौँबाट फर्किएँ” उनले भने, “त्यो परीक्षामा कञ्चनपुरबाट दुई जनाले मात्रै नाम निकाल्न सफल भयौँ ।”

अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरेकाे छ । उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...