नेभिगेशन
समाज

भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन  नागरिक सम्पर्कविहीन भएका छन् । रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चार जना अष्ट्रेलियन  नागरिक सम्पर्कविहीन भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट आफन्तको खोजी गर्दै रसुवा आएका रञ्जित श्रीधरणले आफ्ना चार जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिनका लागि अनुरोध गरे । 

Marvel

उनले आफ्ना हराइरहेका आफन्तको अन्तिमपटक मोबाइल ‘लोकेसन’ रोयल हिमालयन होटेल स्याफ्रुबेँसी देखिएको जानकारी दिए । “सम्पर्कविहीन भएका चारै जनाका बारेमा अझैसम्म कुनै पनि जानकारी प्राप्त गर्न सकिरहेका छैनौँ”, उनले भने, “आफ्ना आफन्तको अवस्थाका बारेमा जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ । आ–आफ्नो ठाउँबाट खोजी गरिदिनुहुनका लागि अनुरोध गर्दछौँ ।”

नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले भारतीय मूलका अष्ट्रेलियन नागरिकको खोजी कार्यमा सहयोग गरिदिनका लागि सबैसँग अनुरोध गरे । “रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएका अयर परिवारका आफन्त रसुवामा खोजी गर्दै आइरहनुभएको छ”, उनले भने, “हामीले स्थानीयस्तरमा आवश्यक खोजीको लागि सहजीकरण गर्दै आइरहेका छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...