नेभिगेशन
समाज

भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन  नागरिक सम्पर्कविहीन भएका छन् । रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चार जना अष्ट्रेलियन  नागरिक सम्पर्कविहीन भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट आफन्तको खोजी गर्दै रसुवा आएका रञ्जित श्रीधरणले आफ्ना चार जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिनका लागि अनुरोध गरे । 

Ncell
Extreme Energy

उनले आफ्ना हराइरहेका आफन्तको अन्तिमपटक मोबाइल ‘लोकेसन’ रोयल हिमालयन होटेल स्याफ्रुबेँसी देखिएको जानकारी दिए । “सम्पर्कविहीन भएका चारै जनाका बारेमा अझैसम्म कुनै पनि जानकारी प्राप्त गर्न सकिरहेका छैनौँ”, उनले भने, “आफ्ना आफन्तको अवस्थाका बारेमा जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ । आ–आफ्नो ठाउँबाट खोजी गरिदिनुहुनका लागि अनुरोध गर्दछौँ ।”

नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले भारतीय मूलका अष्ट्रेलियन नागरिकको खोजी कार्यमा सहयोग गरिदिनका लागि सबैसँग अनुरोध गरे । “रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएका अयर परिवारका आफन्त रसुवामा खोजी गर्दै आइरहनुभएको छ”, उनले भने, “हामीले स्थानीयस्तरमा आवश्यक खोजीको लागि सहजीकरण गर्दै आइरहेका छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...