नेभिगेशन
समाज

भोटेकोशी बाढीः १ हजार ३० शवको व्यवस्थापन

काठमाडौँ । भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ वटा डीएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार डीएनएलगायत आवश्यक विवरण सङ्कलनपछि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो । 

Marvel

व्यवस्थापनका क्रममा प्रत्येक शवको सङ्केत कोड नम्बर जमिनमुनि तथा माथि राखिएको छ । त्यस्तै शव व्यवस्थापन गरिएको स्थानको ‘जिपिएस लोकेशन’, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन् । 

जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डिएनए  नमूना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिएको छ । भविष्यमा कुनै परिवार र आफन्तले आफ्नो सदस्यका रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले बताए । 

पहिचान नभएका एक हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा ‘अपलोड’ गरिएका छन् । आज बिहानसम्म बाढीमा परी निधन भएका एक हजार ३४४ वटा शव विभिन्न जिल्लामा फेला परेका छन् । बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतमा हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । 

प्रहरीका अनुसार बाढीमा परी बेपत्ता भएका चार हजार ८८६ को खोजी भइरहेको छ । बाढीको जोखिममा रहेका तटीय क्षेत्रका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा खोज तथा उद्धार र सडक अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...