नेभिगेशन
समाज
भोटेकोशी बाढीका ११ दिन

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

काठमाडौँ । भोटेकोशीमा बाढी आएको ११ पुग्दा हरेक दिनजसो मृतक र सम्पर्कविहीनको संख्या बढिरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीसहित देशी, विदेशी उद्धारकर्मी निरन्तर खटिँदा पनि बाढीमा परेर हराइरहेकाहरुको खोजीमा अपेक्षाकृत सफलता हासिल हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धारकर्मीले प्रभावित क्षेत्रका बस्ती र जलविद्युत आयोजनाका सुरुङमा खोजी गरिरहँदा दशौँ दिन (शुक्रबार) २ जनाको र ११औँ दिन (शनिबार) २ जनाको जीवितै उद्धार गरिएको छ । त्रिशूली ३ ए को सुरुङबाट शुक्रबार सञ्जय शाह र कबिर महर्जन तथा माथिल्लो त्रिशूली १ बाट शनिबार एक चिनियाँ नागरिक र बेत्राबतीस्थित एक घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार भयो ।

Marvel

सुरुङमा फसेकाहरुलाई जीवितै उद्धार गर्न सकिन्छ कि आशा त धेरैलाई थियो । तर जीवितै भेटिन्छन् भन्ने विश्वास कम मानिसलाई मात्र थियो । त्यही अवस्थामा दशौं र एघारौँ दिनमा चमत्कार नै भयो । निरन्तरको प्रयासमा चार जनाले पुनर्जन्म नै पाए ।

जो जीवित भेटिए उनीहरुको पनि अनुभव यस्तै छ अनि उनीहरुका आफन्त पनि यसै भन्छन् । चमत्कारै भयो– सबैको साझा टिप्पणी छ ।

यतिसम्मकि, बेत्रावतीबाट उद्धार गरिएकी चण्डिकाका परिवारले त पूर्णरुपमा आशा मारेर काजक्रिया सुरु गरिरहेका थिए । आठौँ दिनसम्म पनि अत्तोपत्तो नलागेपछि काजक्रिया सुरु गरिएको उनका आफन्तले बताएका छन् ।

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म करिव ५ हजार मानिस सम्पर्कविहीन छन् । मृतकको संख्या १३ सय ४४ पुगेको छ । मृतक र सम्पर्कविहीनको संख्या दिन दिनै बढिरहेको छ । यसरी संख्या बढ्ने क्रम कहिले रोकिन्छ ? यसको जवाफ पनि कसैसँग छैन ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीनको सूचीमा ५८९ जना विदेशी नागरिकसमेत छन् । त्यस्तै करिव १०० जना सुरक्षाकर्मी र कर्मचारी ११ दिनदेखि सम्पर्कविहीन छन् । 
भोटेकोशी बाढीका ११ दिनमा १३ हजार ९८ जनाको स्थल र हवाई उद्धार भइसक्दा अझै कैयन् नागरिक उद्धारको पर्खाइमा छन् ।

भोटेकोशीको भेलबाढीले अकल्पनीय मानवीय क्षति पुर्यायो । ३३ हजार मानिस प्रत्यक्ष प्रभावित हुँदा परोक्ष रुपमा लाखौँ मानिसको जीवनमा धक्का पुर्यायो । सँगै भौतिक क्षतिको त अझै हिसाब किताब हुन सकेको छैन ।

प्रारम्भिक विवरणअनुसार, बाढीले ७ हजार ५७० निजी घर, ४८ वटा सरकारी संरचना (भवन) १८ विद्यालय, ७ स्वास्थ्य संस्था, ५५ किलोमिटर पक्की सडक र ३७ वटा मोटरेबल पक्की पुल र ६८ वटा झोलुङ्गे पुल बगायो । खर्बौं लगानीमा बनाइएका १३ वटा जलविद्युत आयोजनाले पनि भोटेकोशी बाढीको मार खेप्नु पर्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...