नेभिगेशन
समाज

३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौँ ल्याइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।

Marvel

यही भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो । निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...