नेभिगेशन
समाज

भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

काठमाडौं । भोटेकोशी बाढीपछि सरकारले जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्बिङ च्छो र होङ्गु–२ हिमतालको पानी घटाउन लागिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी चारवटै हिमताल फुट्ने जोखिममा रहेको यसअघि नै आकलन गरिएको थियो । लाङटाङ लिरुङ हिमालमुनिको हिमचट्टान झरेर ल्हेन्दे खोलामा आएको भेलबाढीपछि सरकारले जोखिममा रहेका अन्य हिमतालको अवस्था र जोखिम न्यूनीकरणबारे समेत अध्ययन अघि बढाएको हो ।

Ncell
Extreme Energy

मन्त्रालय स्रोतका अनुसार चारवटै हिमतालको पानीको सतह घटाउन करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक तथा प्राविधिक सहयोगमा सरकारले जोखिम न्यूनीकरणको काम अघि बढाउन लागेको हो ।

हाल चारवटै हिमतालको विस्तृत अध्ययन भइरहेको छ । अध्ययन सकिएपछि आवश्यक कामका लागि टेन्डर आह्वान गर्ने तयारी छ ।

‘अहिले जोखिमपूर्ण अवस्थामा रहेका चारवटा हिमतालको व्यवस्थापनबारे अध्ययन भइरहेको छ । विस्तृत अध्ययन सकिएपछि टेन्डर आह्वान हुनेछ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले भन्यो ।

च्छोरोल्पाबाट सिकेको पाठ

नेपालले यसअघि दुईवटा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिसकेको छ । दोलखाको रोल्वालिङ उपत्यकामा रहेको च्छोरोल्पा हिमतालमा सन् २००० मा पानीको सतह घटाउने काम गरिएको थियो ।

सुरुमा साइफन प्रविधिमार्फत पानी निकाल्ने प्रयास गरिए पनि त्यसको क्षमता पर्याप्त नभएपछि तालको प्राकृतिक बाँध काटेर खुला नहर निर्माण गरिएको थियो । त्यसबाट तालको पानी निरन्तर र नियन्त्रित रूपमा बाहिर बग्ने व्यवस्था मिलाइएको थियो । पानीको बहाव नियमन गर्न च्यानलसमेत निर्माण गरिएको थियो ।

ताल फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा रहेका तामाकोशी नदी किनारका बस्तीलाई पूर्वसूचना दिन स्वचालित पूर्वसूचना प्रणाली पनि जडान गरिएको थियो । यो नेपालको पहिलो स्वचालित पूर्वसूचना प्रणाली थियो ।

तालबाट निकालिएको पानी टर्बाइनमा प्रयोग गरी विद्युतसमेत उत्पादन गरिएको थियो । उक्त विद्युत व्यावसायिक प्रयोजनका लागि नभई तालको निरीक्षणमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको प्रयोगमा ल्याइएको थियो ।

च्छोरोल्पामा गरिएको यो प्रयोगले हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गर्न सकिने देखायो ।

SITE-PIC-1789130741.jpg
 

इम्जामा पनि सफल प्रयोग

नेपालले सन् २०१६ मा सोलुखुम्बुको इम्जा हिमतालमा पनि त्यस्तै सफल अभ्यास गर्‍यो । नेपाली सेनाको नेतृत्वमा प्राविधिक टोलीले तालको पानीको सतह ३ दशमलव ४ मिटर घटाएको थियो ।

त्यहाँ पनि हिमतालको प्राकृतिक बाँध खनेर करिब ५० मिटर लामो र तीन मिटर गहिरो नहर तथा च्यानल निर्माण गरिएको थियो । त्यसबाट सुरक्षित स्पिलवेमार्फत करिब ५० लाख घनमिटर पानी सुरक्षित रूपमा बाहिर पठाइएको थियो ।

समुद्र सतहबाट ५ हजार १७ मिटरको उचाइमा ठूला उपकरणबिना सामान्य औजार र साना उपकरणको प्रयोग गरेर नेपाली सेना तथा प्राविधिक टोलीले काम सम्पन्न गरेको थियो । कठिन भौगोलिक अवस्थामा गरिएको यो कामको अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा भएको थियो ।

इम्जा हिमतालको पानीको सतह घटाएपछि ताल आसपास र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली पनि जडान गरिएको थियो ।

च्छोरोल्पा र इम्जा दुवैमा गरिएको जोखिम न्यूनीकरणपछि अहिले ती हिमतालबाट हुने सम्भावित जोखिम घटेको छ । अब सरकारले चार नयाँ जोखिमपूर्ण हिमतालमा यस्तै जोखिम न्यूनीकरणको काम अघि बढाउन लागेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

अक्षर काका सिधाकुराका सम्पादक हुन् । उनी राजनीति, समाज, जलवायु, विपद् लगायत मुद्दामा कलम चलाउँछन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

दुवै समूहले तालिका नै सार्वजनिक गरेर महाधिवेशनको तयारी अगाडि बढाइरहँदा पनि केही नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर, सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच...
बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

भोटेकोशी बाढीले पुरिएका विभिन्न ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता मानिसहरुको खोजी भइरहेको छ
परराष्ट्र भन्छ– राष्ट्रसंघमा नेपालले जलवायु संकटबाट परेको असरबारे जानकारी गराउँछ

परराष्ट्र भन्छ– राष्ट्रसंघमा नेपालले जलवायु संकटबाट परेको असरबारे जानकारी गराउँछ

नेपालले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ ।
एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।