नेभिगेशन
समाज

भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

काठमाडौं । गत भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको ल्हेन्खे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको विस्तृत अध्ययनले यस्तो देखाएको हो।

Marvel
Extreme Energy

भू–उपग्रह तस्बिरको विश्लेषणका आधारमा दुई नयाँ ताल देखिएको र त्यसलाई ‘लेक–१’ र ‘लेक–२’ नाम दिएको प्रतिवेदनमा उल्लेख छ। यी तालमा पानीको मात्रा बढ्दै गए भविष्यमा थप जोखिम निम्तिन सक्ने भएकाले निरन्तर निगरानी आवश्यक देखिएको प्रतिवेदनमा बताइएको छ।

भदौ १० गते ल्हेन्डे खोला हुँदै भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको बाढी वर्षाका कारण नभई हिमपहिरो र त्यसबाट विस्थापित भएको चट्टान तथा भग्नावशेषका कारण आएको अध्ययनले देखाएको छ।

भू–उपग्रह तस्बिरअनुसार करिब ५ हजार २०० मिटर उचाइमा रहेको झुन्डिएको हिमनदी भत्किएर करिब ३ हजार ८०० मिटर उचाइमा रहेको अर्को हिमनदीमा खसेको थियो। १ हजार २०० देखि २ हजार मिटर तल खसेको हिमनदीले तीव्र वेग लिँदै चट्टान र बरफसहितको ठूलो परिमाणको भग्नावशेष ल्हेन्दे खोलाको साँघुरो गल्छीतर्फ धकेलेको थियो।

ल्यान्डस्याट–९ र प्लानेट ल्याब्सका भू–उपग्रह तस्बिरको विश्लेषणमा चट्टानसहित करिब दुई वर्ग किलोमिटर क्षेत्रफलको हिमनदी भत्किएको देखिएको छ। त्यसबाट झरेको पुरानो बरफ, चट्टान, माटो र पानीको मिश्रण नदीमा मिसिएपछि केही मिनेटमै ठूलो बाढीको छाल बनेको थियो।

बाढीपछि बनेका दुई नयाँ हिमतालमध्ये ‘लेक–१’ को क्षेत्रफल करिब एक लाख ६० हजार वर्गमिटर र ‘लेक–२’ को क्षेत्रफल एक लाख ८० हजार वर्गमिटर रहेको अध्ययनमा उल्लेख छ। ती तालको अवस्था, पानीको मात्रा र सम्भावित जोखिमबारे निरन्तर निगरानी आवश्यक देखिएको छ।

बाढीको छालले ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रबाट रसुवागढीसम्मको करिब २० किलोमिटर दूरी सात–आठ मिनेटमै पार गरेको थियो। करिब ८८ किलोमिटर प्रतिघण्टाको गतिमा आएको बाढीका कारण पूर्वसूचना दिने समय निकै कम भएको प्रतिवेदनले बताएको छ।

अध्ययनअनुसार घटना हुनुअघिको छ घण्टामा क्यान्जिङ स्टेसनमा जम्मा १.५ मिलिमिटर मात्र वर्षा भएको थियो। त्यसैले यो बाढी नियमित वर्षाजन्य नभएको निष्कर्ष निकालिएको छ। यद्यपि घटना हुनुअघि तापक्रम बढ्दो क्रममा थियो र २४ अगस्टमा त्यस क्षेत्रको औसत दैनिक तापक्रम ११.७८ डिग्री सेल्सियस पुगेको थियो।
बाढीले रसुवागढी, स्याफ्रुबेंसी, लाङटाङ खोला, बेत्रावती, फलाखु खोला र फुर्के (मलेखु) लगायतका जलमापन केन्द्रसमेत बगाएर पूर्ण रूपमा नष्ट गरेको थियो।

रसुवागढीदेखि देवघाटसम्मको करिब २०१ किलोमिटर दूरी बाढीले करिब ६ घण्टा ४२ मिनेटमा पार गरेको थियो। देवघाटमा पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो। प्रारम्भिक अनुमानअनुसार त्यहाँ करिब दुई करोड घनमिटर अतिरिक्त बाढीको पानी पुगेको थियो भने अधिकतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको थियो।

बाढी पूर्वानुमान महाशाखाले बिहान ९ः०५ देखि ९ः१४ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका जोखिमयुक्त क्षेत्रमा नेपाल टेलिकम र एनसेलमार्फत करिब ६ लाख ७८ हजार २९५ वटा एसएमएस पठाएर सतर्क गराएको थियो।

घटनाको सातौँ दिन नेपाल–चीन सीमा नजिकै टिमुरेमा नदीको प्रत्यक्ष निगरानीका लागि सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (सीएचडब्लूआरआर) को नेतृत्वमा जडान गरिएको क्यामेरा नदीको सतहबाट करिब ७० मिटर उचाइमा राखिएको छ।

क्यामेराबाट नदीको प्रत्यक्ष दृश्य बाढी पूर्वानुमान महाशाखाको २४ घण्टे प्रणालीमा पठाइनेछ। हिमताल फुट्ने, हिमपहिरो जाने वा नदी थुनिने जस्ता आकस्मिक घटनामा तत्काल दृश्य प्राप्त गर्न सकिने भएकाले यसले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बाढीपछि बनेका नयाँ हिमताल र हिमनदी क्षेत्रमा देखिएको परिवर्तनले भविष्यमा यस्तै आकस्मिक घटना दोहोरिन सक्ने जोखिमसमेत देखाएको छ। तापक्रम वृद्धि, पर्माफ्रोस्ट (हिमोढ अथवा हिमढिस्काहरू) पग्लिनु तथा भिरालो भूभागको विचलनजस्ता कारणले हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले हिमताल तथा हिमनदीको निरन्तर निगरानी, रियल–टाइम टेलिमेट्री र प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

अक्षर काका सिधाकुराका सम्पादक हुन् । उनी राजनीति, समाज, जलवायु, विपद् लगायत मुद्दामा कलम चलाउँछन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।