नेभिगेशन
सबै कुरा

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल न्यून गुणस्तरीय, बिक्रि वितरणमा राेक

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ । विभागले गरेको अनुगमनका क्रममा उक्त कम्पनीले बिक्रि गर्दै आएको औषधी न्यून गुणस्तर भएको भन्दै उक्त औषधी बिक्रि गर्न विभागले पूर्ण रुपमा रोक लगाएको हो । विभागले कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्री वितरणमा विभागले रोक लगाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यस विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका ऐलोपेथिक औषधिको नमुना श्री राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित तपसिलको ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट भएको औषधि, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उक्त व्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबेलाई अनुरोध छ।’, विभागले भनेको छ ।

Ncell
Extreme Energy

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।