नेभिगेशन
सबै कुरा

एनसेल सेयर खरिद बिक्री प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारी प्रक्रिया पूरा नगरी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले गत मंसिर २१ गते उच्चस्तरीय समिति गठन गरेको थियो ।  सरकारलाई जानकारी नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

Ncell
Extreme Energy

उक्त प्रकरणमा सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य रहेका थिए । 

मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।