नेभिगेशन
सबै कुरा
सिधाकुरा फलाेअप :

झापा जग्गा प्रकरण : प्रदेश सांसदसहित संलग्नहरूमाथि प्रहरीले थाल्यो अनुसन्धान

झापा । कोशी प्रदेशका प्रदेशसभा सदस्य भुमीप्रसाद राजवंशीले फरार प्रतिवादी उपस्थित गराएर करोडौँको जग्गा पास गरिदिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सभा सदस्यले सङ्गठित रुपमा मानिस अपहरण तथा शरीर बन्धकका फरार प्रतिवादी एवम् जग्गा धनीलाई मुद्दा मिलाउने प्रलोभनमा पारेर उनकै नाममा रहेको जग्गा नामसारी गरिदिएको सिधाकुराले खुलासा गरेको थियो । 

Ncell
Extreme Energy

EXCLUSIVE : फरार अभियुक्तबाट करोडौंको जग्गा हत्याउन कांग्रेस प्रदेश सांसद नै संलग्न

घटना सार्वजनिक भएपछि मुद्दा दर्तादेखि फैसलासम्मका कागजात संकलन गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको बिर्तामोड –५ जात्रुबाडीका श्रीलाल भनिने सुरेन्द्रलाल राजवंशीको भारत पश्चिम बङ्गालस्थित चैनागारामा हत्या भएको थियो । 

राजवंशीकी जेठी श्रीमती हिमादेवी चौधरीले कान्छी श्रीमती चिन्ता सिन्हा सहितलाई ८ जनालाई विपक्षी बनाएर सङ्गठित रुपमा मानिस अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेकी थिइन् । २०७५ साउन १० गते झापा जिल्ला अदालतमा दायर भएको मुद्दा फैसला हुँदासम्म प्रतिवादी सिन्हा अदालतमा उपस्थित भइनन् । २०७८ पुस २७ गते झापा जिल्ला अदालतले गरेको फैसलाअनुसार सिन्हा फरार रहेका कारण मुद्दा मुल्तबीमा रहने ठहर गर्यो । 

तर, फरार रहेकी प्रतिवादी सिन्हालाई मुद्दा मिलाइदिने बहानामा नेपाल बोलाएर उनका श्रीमानका नाममा रहेको जायजेथा वादी हिमादेवी चौधरीलाई पास गर्ने गैह्रकानुनी कार्यमा माननीय राजवंशीको संलग्नता रहेको खुलेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले अहिले हत्या अभियोग र जाहेरी देखिको मिसिल मगाएर अनुसन्धान सुरु गरेको छ । उक्त विषयमा अनुसन्धान सुरु गरेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । 

प्रहरीका अनुसार घटनासंग सम्बन्धित सबै कागजपत्र झिकाएर अनुसन्धान सुरु गरिएको छ । ‘हामीले इलाका प्रहरी कार्यालय अनारमनीसँग समेत सबै मिसिल माग गरेका छौँ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि केकस्तो फैसला भयो, फरार प्रतिवादी कसरी ल्याइयो ति सबै अनुसन्धान गरिरहेका छौँ । सबै खुलेपछि जानकारी गराउँछौँ ।’

जेठी श्रीमती हिमादेवी चौधरीले पतिका नाममा रहेको जमिन आफ्नो नाममा पार्न एकलौटी नामसारीका लागि भूमिसुधार तथा मालपोत कार्यालय झापामा निवेदन दिएकी थिइन् । मालपोत कार्यालयले २०७६ मंसिर ८ गते मृतककी कान्छी श्रीमती सिन्हा समेत रहेकाले अदालतबाट हकदार कायम गरि ल्याउन भनेको थियो । चौधरीले नै दायर गरेको अपुताली रोलक्रमबाट हटाइपाउँ भन्ने मुद्दा पनि जिल्ला अदालत झापाले २०७८ साल पुस २७ गते प्रतिवादी फरार रहेकोले वादीको दाबीसँग सहमत हुन नसकिने फैसला गरेको थियो । तर, बिर्तामोड वडा नम्बर ८ को कार्यालय र मालपोत कार्यालय झापाले अदालत र आफ्नै आदेशको विरुद्ध जग्गा नामसारी गर्दै राजीनामा पास गराइदिएपछि जग्गा हत्याउने कार्यको खुलासा भएको थियो ।

राजवंशीको हत्या र त्यसपछिको अनुसन्धान र सम्पत्ति किनबेचमा विगतदेखि गिरोह सक्रिय रहेको यसअघि नै प्रहरी अनुसन्धानमा खुलेको थियो । २०७४ फागुन ९ गते भारतको पश्चिम बङ्गालस्थित चैनागिरीमा हत्या गरिएका राजवंशीको अनुसन्धानमै चलखेल देखिएको पाइएको थियो । 

सो हत्यापछि जग्गा हत्याउन इलाका प्रहरी कार्यालय अनारमनीका तत्कालीन डीएसपी कृष्ण कोइराला, असई अम्बिका पोखरेल, अर्जुनधाराका टेकबहादुर लिम्बू र चारपानेका धैरज राजवंशी लागेको पाइएको थियो । तर, हालसम्म हत्या अभियोगमा न कोही पक्राउ परे, न त मुद्दा प्रक्रिया नै अघि बढ्यो । बरु कान्छी श्रीमती चिन्ता सिन्हासँग बस्दै आएका राजवंशीकी जेठी श्रीमती हिमादेवी चौधरीले कान्छीविरुद्ध सङ्गठित रुपमा मानिस अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिन् । जसले गर्दा हत्या जस्तो फौजदारी कसुरका अपराधी उम्कने मौका पाए । अनुसन्धानमा संलग्न तत्कालीन एक प्रहरीका अनुसार जग्गाको झमेला र पैसाको प्रलोभनले गर्दा अनुसन्धान पुरा हुन पाएको थिएन । उनले भने, ‘अनुसन्धान अघि बढाउने हो भने धेरै कुरा खुल्छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।