नेभिगेशन
सबै कुरा

देशका यी २१ अलपत्र आयोजनामा रास्वपाले दबाद यात्रा गर्ने (सूचीसहित)

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न २१ अलपत्र आयोजनाहरुमा दबाद यात्रा गर्ने भएको छ । आगामी माघ २१ गतेबाट देशभरका विभिन्न अलपत्र आयोजनामा दबाद यात्रा गर्ने पार्टीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले कोशी प्रदेशमा ३ जना सांसदहरुको अगुवाईमा दबाब यात्रा गर्ने भएको छ । रास्वपाकी सांसद तोसिमा कार्कीले भेडेटार–रवि राँके सडकखण्ड, निशा डाँगीले सगरमाथा राजमार्गअन्गर्ततको गाईघाट–दिक्तेल सडकखण्ड र अशोककुमार चौधरीको नेतृत्वमा इनरुवा–देवानगंज– कोवाखोच सडकखण्डमा पैदल यात्रा गर्ने भएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै मधेश प्रदेशमा गणेश पराजुलीको नेतृत्वमा कमला पूल र हेटौँडा–ढल्केवर–इनरुवा ट्रान्समिसन लाइन, मनीष झाको नेतृत्वमा जनकपुर परिक्रमा सडक र डीपी अर्यालको नेतृत्वमा काठमाडौँ–मधेश द्रुतमार्गमा दबाब यात्रा गर्ने पार्टीले जनाएको छ । 

बागमती प्रदेशको मेलम्ची खानेपानी आयोजनामा सोबिता गौतमको टिम, नारायणगढ–पुल्चोक–गोन्द्राह सडकखण्डमा रवि लामिछाने र पासाडल्हामु सडक आयोजनामा सुमना श्रेष्ठको टिमले दबाब यात्रा गर्ने भएको हो ।

गण्डकी प्रदेशको मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ–बाग्लुड सडकखण्डमा शिव नेपाली नेतृत्वको टिम, चितवन र तनहुँ जिल्लामा पर्ने घुमाउने पुल र सडक स्तरोन्‍नतिका लागि स्वर्णिम वाग्ले र गोरखाको ११ किलो–छेपेटार–भालुस्वाँरा–वारपाक सडकखण्डमा हरि ढकालको टिमले दबाय यात्रा गर्ने भएको छ । 

लुम्बिनी प्रदेशको घोराही–तुल्सीपुर–सल्यान र पश्चिम रूकुम सडकखण्डमा शिशिर खनाल, न्यू बुटवल–गोरखपुर ट्रान्समिसन लाइनमा डा. मुकुल ढकालको टिम र लुम्बिनी विकास गुरूयोजनामा लक्ष्मी तिवारीको टिमले दबाब यात्रा गर्ने भएको छ । 

कर्णाली प्रदेशको भेरी–बबई डाइभर्सनमा बिनिता कठायत, कर्णाली राजमार्गमा सन्तोष परियार र कोहलपुर–सुर्खत–जुम्ला ट्रान्समिसन लाइनमा विन्दाबासिनी कंसाकारको टिमले दबाब यात्रा गर्ने भएको छ । 

सुदूरपश्चिम प्रदेशको महाकाली करिडोरमा असिम शाह, दैजी–जोगबुढा सडकखण्डमा चन्दा कार्की र धनगढी–दीपायल फास्ट ट्रयाक खण्डमा विराजभक्त श्रेष्ठको टिमले दबाब यात्रा गर्ने भएको छ । 

यस दबाब यात्रालाई माघ २१ गते रास्वपाका सभापति रवि लामिछानेले सुरुवात गर्ने बताइएको छ । उनले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ–बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेका थिए । 

लामो समयदेखि अलपत्र आयोजनामा नागरिकले सास्ती बेहोर्नु परेको भन्दै रास्वपाले दबाब यात्रा गर्ने भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...