नेभिगेशन
सबै कुरा

नेपाली चिकित्सकले नै गरे पहिलोपटक कलेजो प्रत्यारोपण

काठमाडाैँ । नेपालको इतिहासमै पहिलोपटक नेपाली चिकित्सकको टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले कलेजोको प्रत्यारोपण गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७३ सालदेखि विश्वमै कठिन मानिने कलेजोको प्रत्यारोपण नेपालमा सुरु भएपनि विदेशी चिकित्सक र विज्ञहरुबिना उक्त प्रत्यारोपण गरिँदैनथियो । तर गत पुष २७ गते त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको संयुक्त टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका हुन् । 

Ncell
Extreme Energy

उक्त चिकित्सक र स्वास्थ्यकर्मीको समूहले ४१ वर्षीय पुरूषलाई उनकी ४० वर्षीया श्रीमतीको कलेजो प्रत्यारोपण गरेका हुन् । चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढी जनशक्तीले ११ घण्टा समय लगाएर उक्त कलेजको प्रत्यारोपण गरेको हुन् । 

नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।