नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपाधि जितेको पुलिसले १० लाख प्राप्त गर्‍यो भने उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्‍यो ।

Ncell
Extreme Energy

आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि शङ्कर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए । यस्तै आरिफ शेखले २७,  अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एकरएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले  ६३ रन बनाए । यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीनरतीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एकरएक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।