नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गर्न माग गर्दै प्रशासन कार्यालयमा धर्ना

वीरगंज  । वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिन गर्न सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएको छ ।  वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नामकी युवतिलाई आफ्नो छोरी बनाएर नागरिकता बनाईदिएको प्रहरीमा जाहेरी परेको लामो समयसम्म पनि छानबिनमा ढिलाई  भइरहेकाले धर्ना, जुलुस लगायतको कार्यक्रम गरिएको सचेत नागरिक समाज पर्साले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालयको मुख्यद्वारमा दिएको धर्नामा विभिन्न राजनीतिक दलका सर्वदलीय नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो ।

धर्नामा वीरगंज २० का वडाध्यक्ष रामकिशोर सिंह  पराग पनि सहभागी थिए । उनले हुँदै नभएको छोरीलाई मेयर सिंहले नागरिकता दिलाएको विषय सोचनियरहेको बताए ।  यस्तै जनमतपार्टीका नेता मुकेश द्विवेदीले पदमा होस वा समान्य नागरिक कानुन सबैका लागी बराबर भएकाले कानुन मिच्नेले कार्वाही भोग्नुपर्ने बताए । 

धर्नामा जनमत पार्टीका केन्द्रिय सदस्य शशिकपुर मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगरका अध्यक्ष जलेश्वर सरार्फ, जनमतका मुकेश द्विवेदी, नेपाली कांग्रेसका पर्सा क्षेत्र नं.२ का क्षेत्रीय सभापति मोहमद साबुद्दिन, नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलि, संजय सिंह लगायतको उपस्थिति रहेको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै