नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गर्न माग गर्दै प्रशासन कार्यालयमा धर्ना

वीरगंज  । वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिन गर्न सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएको छ ।  वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नामकी युवतिलाई आफ्नो छोरी बनाएर नागरिकता बनाईदिएको प्रहरीमा जाहेरी परेको लामो समयसम्म पनि छानबिनमा ढिलाई  भइरहेकाले धर्ना, जुलुस लगायतको कार्यक्रम गरिएको सचेत नागरिक समाज पर्साले जनाएको छ । 


सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालयको मुख्यद्वारमा दिएको धर्नामा विभिन्न राजनीतिक दलका सर्वदलीय नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो ।

धर्नामा वीरगंज २० का वडाध्यक्ष रामकिशोर सिंह  पराग पनि सहभागी थिए । उनले हुँदै नभएको छोरीलाई मेयर सिंहले नागरिकता दिलाएको विषय सोचनियरहेको बताए ।  यस्तै जनमतपार्टीका नेता मुकेश द्विवेदीले पदमा होस वा समान्य नागरिक कानुन सबैका लागी बराबर भएकाले कानुन मिच्नेले कार्वाही भोग्नुपर्ने बताए । 

धर्नामा जनमत पार्टीका केन्द्रिय सदस्य शशिकपुर मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगरका अध्यक्ष जलेश्वर सरार्फ, जनमतका मुकेश द्विवेदी, नेपाली कांग्रेसका पर्सा क्षेत्र नं.२ का क्षेत्रीय सभापति मोहमद साबुद्दिन, नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलि, संजय सिंह लगायतको उपस्थिति रहेको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बारामा वडाध्यक्ष सहित ८ जनाले शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर कुटे

बारामा वडाध्यक्ष सहित ८ जनाले शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर कुटे

मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ भने नेकपा माओवादी केन्द्रबात निर्वाचित कुशवाहालाई ६ महिनाको लागी पार्टीले  निलम्बन गरेको छ।
कांग्रेसकी समानुपातिक सांसद बनिन् राज्य व्यवस्था समिति सभापति

कांग्रेसकी समानुपातिक सांसद बनिन् राज्य व्यवस्था समिति सभापति

न्यौपानेको प्रस्तावकमा राज्य व्यवस्था समितिबाट राजिनामा दिएका कांग्रेस सांसद रामहरी खतिवडा छन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । औपचारिकरुपमा भने भोलि दिउँसो ३ बजे बस्ने बैठकले...
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ...
हर्क साम्पाङले नेतृत्व गरेको धरान उपमहानगरमा किन पारित हुन सकेको छैन बजेट ?

हर्क साम्पाङले नेतृत्व गरेको धरान उपमहानगरमा किन पारित हुन सकेको छैन बजेट ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट असार १० भित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि यसपटक धरान उपमहानगरले उक्त प्रावधान अनुसार काम गर्न सकेन ।...