नेभिगेशन
सबै कुरा

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध जीत हात पारेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी भएको हो । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै पराजीत भएको हो । 

Ncell
Extreme Energy

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडेका थिए । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाएका थिए । खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनुपरेको थियो। सुरुवाती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए । उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भएका थिए । उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट भएका थिए। नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । 

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ गते तेस्रो खेल खेल्नेछ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...