नेभिगेशन
सबै कुरा

विमानस्थल बनाउन भन्दा चलाउन कठिन : मन्त्री किराती

उदयपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हाम्रो जस्तो मुलुकमा विमानस्थल बनाउन भन्दा चलाउन कठिन भएको बताएका छन् । उदयपुरमा निर्माणाधिन सगरमाथा आन्तिरिक विमानस्थलको शुक्रबार निरिक्षण गर्दै मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री किरातीले सिमित स्रोत साधनको कारण विमानस्थल बनाउन निकै अफ्ठ्यारो रहेको बताउँदै विमानस्थल बनाउन भन्दा विमानस्थल संचालन गर्न झन समस्या रहेको बताएका हुन ।

Ncell
Extreme Energy

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान कार्य सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउँदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन ।

यही अवस्थामा विमानस्थलको निरिक्षण गर्न पुगेका मन्त्री किरातीले उदयपुरको सगरमाथा विमान स्थलको कामलाई तत्काल अगाडी बढाउन निर्देशन समेत दिएका छन । उनले विमानस्थलको निर्माण प्रक्रिया तत्काल अघि बढाउन मन्त्रालयका सम्बन्धित पक्षलाई भाषणकैबीच फोन गरी काम तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

तिन अर्बभन्दा बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस बर्ष ५ करोड विनियोजन भएको जनाईएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।