नेभिगेशन
सबै कुरा

विमानस्थल बनाउन भन्दा चलाउन कठिन : मन्त्री किराती

उदयपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हाम्रो जस्तो मुलुकमा विमानस्थल बनाउन भन्दा चलाउन कठिन भएको बताएका छन् । उदयपुरमा निर्माणाधिन सगरमाथा आन्तिरिक विमानस्थलको शुक्रबार निरिक्षण गर्दै मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री किरातीले सिमित स्रोत साधनको कारण विमानस्थल बनाउन निकै अफ्ठ्यारो रहेको बताउँदै विमानस्थल बनाउन भन्दा विमानस्थल संचालन गर्न झन समस्या रहेको बताएका हुन ।

Ncell
Extreme Energy

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान कार्य सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउँदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन ।

यही अवस्थामा विमानस्थलको निरिक्षण गर्न पुगेका मन्त्री किरातीले उदयपुरको सगरमाथा विमान स्थलको कामलाई तत्काल अगाडी बढाउन निर्देशन समेत दिएका छन । उनले विमानस्थलको निर्माण प्रक्रिया तत्काल अघि बढाउन मन्त्रालयका सम्बन्धित पक्षलाई भाषणकैबीच फोन गरी काम तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

तिन अर्बभन्दा बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस बर्ष ५ करोड विनियोजन भएको जनाईएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।