नेभिगेशन
सबै कुरा

रवि लामिछानेको प्रश्न – बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीको बयान लिइयो कि लिइएन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिए नलिएकोबारे प्रश्न गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त प्रश्न गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बाँसबारी जग्गा प्रकरणमा केही दिनअघि अरुण चौधरीलाई पक्राउ गरेर हिरासतमा राखेको पनि देखियो  । अरुण चौधरी जत्तिकै सेयर भएका अन्य साझेदारमध्ये अन्य सत्ता साझेदार दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ । उनलाई थुन्नुपर्छ भनेको हैन मैले तर उनीमाथि चाहीँ अनुसन्धान गरियो कि गरिएन  ? बयान लिइयो कि लिइएन ?’ लामिछानेले प्रश्न गरे । 

Ncell
Extreme Energy

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने जवाफ दिए । गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’

साथमा गृहमन्त्री श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले निर्देशन दिने कुरा अनपेक्षित र नेपालको न्यायीक इतिहासमै पहिलो भएको बताए । यद्यपी उनले अदालतको सम्मान गर्ने र आदेश कार्यान्वयन गर्ने जिकिर गरे । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।