नेभिगेशन
सबै कुरा

रवि लामिछानेको प्रश्न – बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीको बयान लिइयो कि लिइएन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिए नलिएकोबारे प्रश्न गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त प्रश्न गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बाँसबारी जग्गा प्रकरणमा केही दिनअघि अरुण चौधरीलाई पक्राउ गरेर हिरासतमा राखेको पनि देखियो  । अरुण चौधरी जत्तिकै सेयर भएका अन्य साझेदारमध्ये अन्य सत्ता साझेदार दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ । उनलाई थुन्नुपर्छ भनेको हैन मैले तर उनीमाथि चाहीँ अनुसन्धान गरियो कि गरिएन  ? बयान लिइयो कि लिइएन ?’ लामिछानेले प्रश्न गरे । 

Ncell
Extreme Energy

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने जवाफ दिए । गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’

साथमा गृहमन्त्री श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले निर्देशन दिने कुरा अनपेक्षित र नेपालको न्यायीक इतिहासमै पहिलो भएको बताए । यद्यपी उनले अदालतको सम्मान गर्ने र आदेश कार्यान्वयन गर्ने जिकिर गरे । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।