नेभिगेशन
सबै कुरा

उदयपुरमा तीन स्थानिय तहले जनयुद्ध दिवसमा दिए सार्वजनिक बिदा

उदयपुर । जनयुद्ध दिवसका अवसरमा बिदा दिने संघीय सरकारको निर्णय सर्वोच्चले रोक लगाए पनि कतिपय स्थानीय तहले भने बिदा दिएका छन् । उदयपुरका ३ स्थानीय तहले जनयुद्ध दिवस मनाउनका लागि भन्दै १ फागुनमा बिदा दिने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उदयपुरको ताप्ली, लिमचुङबुङ, र रौतामाई गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको उनीहरुले जारी गरेको सूचनामा उल्लेख छ । 

Ncell
Extreme Energy

ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले  ढुंगराज विकको अध्यक्षस्तरीय निर्णय अनुसार जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको जनाएका छन् । 

त्यसैगरी लिम्चुङबुङका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सोमबार सूचना प्रकाशित गर्दै ऐतिहासिक जनयुद्ध सुरु भएको दिनको सम्मानमा गाउँपालिका अध्यक्ष मेजरकुमार राईको निर्देशन अनुसार फागुन १ गते सबै सरकारी कार्यालयको कामकाज बन्द रहने गरी सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् । 

रौतामाई गाउँपालिकाका अध्यक्ष बीरेन्द्र मगरले महान् जनयुद्ध सुरु भएको दिनको सम्मानमा सार्वजनिक विदा दिने निर्णय भएको बताए ।उदयपुरका ८ स्थानिय तह मध्य सार्वजनिक बिदा दिन सूचना जारी गर्ने तीनवटै गाउँपालिकाका अध्यक्ष नेकपा माओबादी केन्द्रबाट निर्वाचित हुन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।