नेभिगेशन
सबै कुरा

अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनिन् रुविना

काठमाडौँ । नेपाली टोलीकी प्रमुख महिला खेलाडी रुविना क्षेत्रीको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई जितका लागि दुई सय २८ रनको चुनौती दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय २७ रनको योगफल बनायो । नेपालका लागि रुविनाले सर्वाधिक एक सय १८ रनको योगदान दिइन् ।  

उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनिन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । 

आजको खेलमा रुविनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित एक सय १८ रन बनाएको हो । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रन बनाएको थियो । त्यस्तै सीता रानामगरले १५ रन जोड्दा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिइन भने नब्बा नासिमले एक विकेट लिइन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।