नेभिगेशन
सबै कुरा

लुम्बिनी गुरूयोजनामा रास्वपाको दबाब यात्रा

लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटमा दबाब यात्रा गरेको रास्वपाले जनाएको छ । उक्त दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गरेकी छिन् ।  

Ncell
Extreme Energy

दबाब यात्रामा पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमिला कुलुजू, क्रान्तिशिखा धिताल लगायत सहभागी थिए । त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ पनि सहभागी भएका रास्वपाले जनाएको छ  । 

लुम्बिनी गुरूयोजना सन् १९७८देखि सुरू भएको योजना हो । ४६ वर्षअघि सुरू भएको उक्त अवधारणा हालसम्म पपिन सम्पन्न नभएको भन्दै रास्वपाले दबाब यात्रा गरेको हो ।   

रास्वपाले सातै प्रदेशका ३/३ वटा अलपत्र आयोजनामा दबाब यात्रा गर्ने घोषणा गरेको छ  । उक्त दबाब यात्राको उद्धाटन मेलम्ची खानेपानी आयोजनाबाट भएको थियो  । पार्टीका सबैजसो शिर्ष नेताहरुको उपस्थितिमा गत माघ २१ गते उक्त दबाब यात्राको सुभारम्भ गरिएको थियो  ।  

यसअघि गत पुस ९, १० र ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।