नेभिगेशन
सबै कुरा

वीर अस्पतालको फार्मेसीमा भएको औषधी पनि बाहिर किन्न पठाउने गरेको फेला

काठमाडाैँ । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ । 

बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरु पनि कर्मचारीले बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो । अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । 

Global Ime Bank


अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले १५ दिनभित्र वीर अस्पताल भित्रको फार्मेसी विस्तार गरि सबै प्रकारका औषधी राख्न निर्देशन दिएका छन् । त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड विपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ । 


अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापामा कोभिडका आठजना सङ्क्रमित फेला

झापामा कोभिडका आठजना सङ्क्रमित फेला

झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । “काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,” उनले भने, “जटिल...
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

“तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय...
नेपालमा बढ्न थाले कोरोना संक्रमित, ७ दिनमा ३० जनामा सङ्क्रमण

नेपालमा बढ्न थाले कोरोना संक्रमित, ७ दिनमा ३० जनामा सङ्क्रमण

नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् ।
चितवनमा ५ महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित

चितवनमा ५ महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित

भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को...